व्यापार विस्तारसँगै निर्यातमा सुधार
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा विस्तार भए पनि व्यापार घाटा भने उच्च स्तरमा कायम रहेको देखिएको छ। परनिर्भरता बढ्दै जाँदा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म मुलुकले करिब ११ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। भन्सार विभाग को तथ्याङ्कअनुसार भारत, चीनसहित प्रमुख पाँच मुलुकसँग मात्रै नेपालको व्यापार घाटा झन्डै १० खर्ब रुपैयाँ पुगेको छ। […]