निर्वाचन आचारसंहिता उल्लंघनमा ‘सेतोपाटी’लाई कारबाही गर्न आयोगको पत्राचार
काठमाडौँ, फागुन ४ गते । निर्वाचन आयोगले प्रचलित निर्वाचन आचारसंहिता विपरीतका सामग्री प्रकाशन गरेको भन्दै ‘सेतोपाटी अनलाइन’लाई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गर्दै मत सर्वेक्षण र उम्मेदवारको पक्ष-विपक्षमा समाचार सम्प्रेषण गरेको आयोगको ठहर छ। आयोगको आपत्ति र विवादित […]