राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना
काठमाडौं । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै कठिन बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो ट्युमरमा परिणत भयो। करिब ६ महिनाको अवधिमा ट्युमर यति धेरै बढ्यो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो। चिकित्सकहरूले तत्काल उपचार आवश्यक रहेको बताए पनि कमजोर आर्थिक अवस्थाका कारण सुरेश उपचारको खर्च जुटाउन असमर्थ […]