कुन्ख्येन फालक तालस् तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा
सुर्खेत । हिमालको काखमा लुकेको एउटा ताल । वरिपरि सेता हिमाल, नीलो आकाश र मानव बस्तीबाट टाढाको शान्त वातावरण । प्राकृतिक सौन्दर्यले भरिएको कुन्ख्येन फालक ताल अहिले अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनको पर्खाइमा छ । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा रहेको यो ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको स्थानीय जनप्रतिनिधिको दाबी छ । […]