प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि दुई करोड ११ लाख सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। भाद्र १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। […]