नेपाल टेलिकमको रोमिङ सेवा ६२ देशमा विस्तार
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ। कम्पनीले यसका लागि विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेको जनाएको छ। टेलिकमका अनुसार चालु आर्थिक वर्षको साउनपछि मात्रै लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायक तथा पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा […]