रास्वपाले १२४ क्षेत्रमा अग्रता, समानुपातिकमा पनि जोरदार सहभागिता
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ। आज मध्यान्ह १२ बजेसम्मको परिणामअनुसार, गोरखा–१ मा रास्वपाका सुधन गुरुङले २४,०५१ मतसहित अग्रता कायम राखेका छन्। गुरुङले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १०,५४० मतले पछाडि पारेका छन्। निर्वाचन आयोगका तथ्याङ्क अनुसार हालसम्म १६१ क्षेत्रको मतगणना सार्वजनिक भएको छ। […]