तराई–मधेश घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले विशेष प्रस्ताव […]