महेश नेपाल न्याय परिषद् सदस्यमा नियुक्त – पत्र सहित
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद् सदस्य पदमा वरिष्ठ अधिवक्ता महेश कुमार नेपाललाई नियुक्त गरेका छन्। राष्ट्रिपति पौडेलले नेपाललाई आज सोमबार सो पदमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाउको छ। नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका–८ निवासी कानूनविद् नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरिएको हो। […]