साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०.०७ अंकले घटेर २७३०।१७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ४.१५ अंकले घटेर २७४०.२५मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ३७ कम्पनीको ७९ लाख ५७ हजार १ सय ५२ कित्ता सेयर ५६ हजार ३ सय ७५ पटक किनबेच हुँदा ३ अर्ब २८ करोड ७३ लाख ९७ हजार ४ सय ७८ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९।७९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर ९।२२ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २ प्रतिशत घटेको छ।
त्यस्तै बैंकिङ ०।०६, विकास बैंक ०।५३, फाइनान्स ०।७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटेको छ।
