पूर्वाधार विकासमा निजी लगानी बढाउन कानुनी, नीतिगत र वित्तीय सुधार आवश्यक
काठमाडौं । पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरणमा सुधार आवश्यक रहेको संघीय संसद्को पूर्वाधार विकास समिति बैठकको निष्कर्ष छ । सोमबार बसेको बैठकमा लगानी बोर्डका सहसचिव नवीनराज सिंहले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रूपमा बढिसकेको उदाहरण दिँदै सडक लगायत अन्य पूर्वाधारमा पनि निजी लगानी आकर्षित गर्न आवश्यक वातावरण बनाउनुपर्ने […]