सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएसँगै आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांश वितरण हुने भएको हो।

साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको बोनस सेयर तथा ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कुल लाभांश रकम करिब ३९ करोड ३० लाख रुपैयाँ बराबर हुन्छ।

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार