काठमाडौं महोत्सव २०८२ दोस्रो दिन उत्साहजनक
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँ (एनसीआईसीके) द्वारा आयोजना गरिएको “काठमाडौं महोत्सव २०८२ तथा काठमाडौं बिजनेश एक्सपो २०२६” को दोस्रो दिन दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागितासहित उत्साहजनक रूपमा सम्पन्न भएको छ। दोस्रो दिन काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाबाट आगन्तुकहरूको बाक्लो उपस्थिति देखिएको थियो। महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन, महिला उद्यमीहरूद्वारा उत्पादित सिपमूलक वस्तु, ‘एक वडा–एक […]