संघर्षको परिवार, सफलताको नयाँ अध्याय-सांसद आकृति अवस्थी
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले आज सुदूरपश्चिम विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्दै सार्वजनिक नेतृत्व र शैक्षिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् । व्यस्त संसदीय जिम्मेवारीका बीच पनि अध्ययनलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गरेकी अवस्थीले राजनीति र ज्ञानलाई सँगसँगै अघि बढाउन सकिने सन्देश […]