जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुका ५ बजे बजे सुरु हुनेछ । […]