कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलेआग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज शनिबार जारी गरेको जरुरी सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारीका आधारमा कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढिरहेको छ। सूचनामा उल्लेख भएअनुसार शनिबार […]