भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन् । उनले खानेपानी योजना क्षतिग्रस्त भएपछि विदुर नगरपालिकाका ५ हजारभन्दा बढी घरधुरीका ३० हजारभन्दा बढी मानिस खानेपानीको समस्याबाट प्रभावित भएको बताए । ‘भदौ १० गते जुन भोटेकोशीबाट आएको बाढीले नुवाकोट जिल्लाभरि नै धेरै ठुलो क्षति […]