देशभर बदली, केही प्रदेशमा भारी वर्षा:तराईमा गर्मी कायमै
मनसुन अझै सक्रिय रहेकाले आज शुक्रबार देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ। आज पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र मेघगर्जनको सम्भावना रहेको छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका केही स्थानमा […]