पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउ प्रकरण संसदमा विपक्षी:सरकारको दादागिरी र पागलपन
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाइ प्रकरणले प्रतिनिधिसभामा प्रवेश पाएको छ। प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले जबराको पक्राउलाई राज्य आतंक र केटाकेटी खेलको संज्ञा दिँदै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सदनमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ […]