न्यायाधीशका पीएसओद्धारा आफैँलाई गोली हानेर आत्महत्या
उच्च अदालत पाटनका न्यायाधीश खड्गबहादुर केसीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)का रूपमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार डोलनाथ ढकालले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । रसुवाको कालिका गाउँपालिका–३ स्थायी घर भएका ढकाल हाल टोखा नगरपालिका–१ स्थित आफ्नै निवासमा बस्दै आएका थिए । उनले हिजो साँझ करिब सवा ८ बजेतिर आफ्नै पेस्तोलले आफैँलाई गोली प्रहार गरेका हुन् […]