फिलिपिन्समा दुई विमान हावामै ठोक्किदा चारै पाइलटको मृत्यु
फिलिपिन्समा हिजो शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै ‘एसएफ-२६०’ विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको रोयटर्सले जनाएको […]