ब्रदर्स एफसी हङकङको ‘दशैं कप २०८३’ फुटसलको उपाधि टिम ग्रीनले जित्यो, टिम यल्लो उपविजेता
ब्रदर्स एफसी हङकङको आयोजनामा सम्पन्न ‘दशैं कप २०८३’ फुटसल प्रतियोगिताको उपाधि टिम ग्रीनले जितेको छ। दशैंको अवसरमा आयोजित एकदिने प्रतियोगितामा टिम ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। उपाधि विजेता टिम ग्रीनले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा उपविजेता बनेको टिम यल्लोले पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ। […]