मोरङमा गाँजा नियन्त्रणमा लिन मध्यरातमा गोली प्रहार
मोरङको रतुवामाई नगरपालिका वडा नं.५ गोबिन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज २९ गते दिउँसो लुकाएर राखिएको अवस्थामा ८ वटा सेतो बोराभित्र रहेको २६४.५९ केजी बेवारिसे गाँजा बरामद गरिएको थियो। सोही स्थानमा पुन: कारोबार हुनसक्ने सुचनाका आधारमा इलाका […]