कांग्रेसले भोली बोलायो संसदीय दल बैठक
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आह्वान गरेको छ। भोली सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक आह्वान भएको हो। बैठक संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।