फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानी कम्पनीलाई फिफाको व्यावसायिक अधिकार दिने प्रस्तावका विषयमा माफी मागेका छन्। तर, प्रस्तावसम्बन्धी सबै कागजात सार्वजनिक गरी उठेका प्रश्नको जवाफ नदिए अध्यक्षका रूपमा उनको नेतृत्वमाथि प्रश्न उठ्ने फिफाकी उपाध्यक्ष डेबी हेविटले बताएकी छन्। फिफाको गोप्य फिफा फर्वार्ड इन्टरप्राइज -एफएफई प्रस्ताव सार्वजनिक भएपछि बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा पहिलो पटक फिफा काउन्सिलको बैठक […]