‘कि मलाई सरुवा गर्नू, कि त कर्मचारीको सेटै फेर्नुपर्यो’ कम्पनी रजिस्ट्रारको उद्योगमन्त्रीलाई प्रस्ताव
कम्पनी रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार कृष्णकुमारी श्रेष्ठले गत असोज १९ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसमक्ष एउटा असामान्य प्रस्ताव राखिन्- ‘कि आफूलाई सरुवा गरियोस्, नभए कार्यालयका उपसचिवदेखि शाखा अधिकृतसम्मको पूरै कर्मचारी समूह फेरियोस् ।’ मन्त्रालयमा बसेको वरिष्ठ व्यवस्थापन टोली (एसएमटी) को बैठकमा उनले सार्वजनिक रूपमै यस्तो गुनासो गरेकी थिइन् । कार्यालयमा कर्मचारीमाथि आफ्नो नियन्त्रण नरहेको […]