रोबोट्याक्सी:आपत्कालीन सेवाका सवारी रोकेमा सम्बन्धित कम्पनीलाई जरिवाना हुने
टेस्ला, वेमो र जुक्सजस्ता स्वचालित सवारीसाधन प्रविधि कम्पनीले रोबोट्याक्सीमा समस्या आएमा आपत्कालीन सेवाका कर्मचारीलाई स्थानीयस्तरमै सहयोग उपलब्ध गराउनुपर्ने भएको छ। नयाँ क्यालिफोर्निया कानुनअनुसार रोबोट्याक्सीले प्रहरी वा दमकलको काम ३० मिनेटभन्दा बढी समय अवरुद्ध गरेमा कम्पनीले जरिवाना तिर्नुपर्ने हुन सक्छ। गभर्नर गेभिन न्युसमले हस्ताक्षर गरेर कानुनको रूप दिएको सिनेट बिल १२४६ ले ती सवारीमा समस्या आएमा […]