क्रिकेट विश्वकप-२०२७का लागि आयोजक देशहरूको नाम घोषणा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विश्वकप-२०२७ आयोजक देशहरूको नाम घोषणा गरेको छ। आईसीसीले अर्को वर्ष आयोजना गरिने पुरुष क्रिकेट विश्वकप आयोजक दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबिया रहने जानकारी दिएको हो। आईसीसीका अनुसार दक्षिण अफ्रिकाका आठ सहर, जिम्बाब्वेका तीन र नामिबियाको राजधानी विन्डहोकमा प्रतियोगिता सञ्चालन गरिनेछ।