सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका (तस्बिरहरु)
चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ । मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा […]