एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्। यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि […]