आज चाँदनी-दोधारा जोड्ने झोलुङे पुल भाँचियो आवत-जावत ठप्प
महाकाली नदीमाथिको दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। आज बुधबार बिहान झोलुङ्गे पुल चुँडिएर महाकालीमा नदीमा लर्तिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुलको पिल्लर भत्किएर पुल भाँचिएको छ। दोधारा चाँदनी नगरपालिका–४ स्थितमा महाकाली नदिमा रहेको झोलुङ्गे पुलको दोधारा तर्फको ५.६ मिटर बिचको भाग माथी उठेर बिहान आवतजावतमा समस्या भएको थियो। लगत्तै पुलको पिल्लर समेत भत्किएर […]