शिक्षकको पेन्सन र सेवासुविधाबारे के भन्छ किताबखाना ?
राष्ट्रिय किताबखाना (शिक्षक) ले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा ९३० जना शिक्षकलाई निवृत्तिभरण अधिकारपत्र जारी गरेको छ। कार्यालयले ०८३ साउनदेखि असोज मसान्तसम्मको अवधिमा शिक्षकको सेवा अभिलेख व्यवस्थापन, तलबी प्रतिवेदन पारित, सम्पत्ति विवरण दर्ता तथा अवकाशपछिका सुविधासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाएको हो। किताबखानाको सार्वजनिक विवरणअनुसार उक्त अवधिमा देशभरका ६०९ स्थानीय तहबाट प्राप्त […]