पूर्वसांसद एवं जनता टेलिभिजनका सञ्चालक डा. विजय पौडेलको आज कीर्तिपुरमा निधन
नेकपा (संयुक्त)का नेता एवं पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ। सोमबार अपराह्न कीर्तिपुर अस्पतालमा उनको निधन भएको हो। आज सोमबार अपराह्न उनलाई कीर्तिपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले जानकारी दिए। ‘अस्पताल भर्ना गर्दा निधन भइसकेको थियो,’ डा. नकर्मीले सञ्चारकर्मीसँग भने, […]