दशैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने
दशैंमा मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ । नेपाली दूतावासका अनुसार भोलि मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् । दूतावासले दसैंको अवसर पारेर मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाइ दरुसलाम तथा पूर्वी टिमोरमा बसोबास गर्ने नेपालीलाई शुभकामना व्यक्त गर्दै ३ दिन कार्यालय बन्द रहने जानकारी गराएको हो […]