मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध
निरन्तर वर्षाका कारण मनाङका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ । पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइनमा अवरोध भएपछि जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ । पहिरोका […]