रवि, ओली र प्रचण्डलाई कांग्रेस महाधिवेशनमा निम्तो
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहका लागि प्रमुख दलका शीर्ष नेतालाई निम्तो दिइएको छ। कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको नेतृत्वमा कांग्रेसको टोलीले शीर्ष नेतालाई निम्तो दिएको हो। उद्घाटन समारोहमा सहभागिताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]