आफ्नो नामको टिकटक नक्कली रहेको महानायक राजेशको स्पष्टोक्ति
महानायक राजेश हमालले आफ्नो नाममा सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन् । उनले बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत हालसम्म आफ्नो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट नरहेको बताएका हुन् । ‘आजको दिनसम्म मेरो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट छैन । मेरो फोनमा टिकटक एप पनि छैन । यो तलको अकाउन्टलगायत अरू जति […]