अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता
अनामनगरस्थित युनियन हाउसमा रैथाने नेपाली खानालाई प्राथमिकता दिँदै ‘ रेसुङ्गा भोजनालय’ सञ्चालनमा आएको छ । भोजनालयले गाउँघरमा प्रचलित मौलिक नेपाली परिकारलाई आधुनिक तथा व्यवस्थित शैलीमा ग्राहकसमक्ष प्रस्तुत गर्ने जनाएको छ । अनामनगर युनियन हाउसका अध्यक्ष सूर्य माखिमले युनियन हाउसलाई पछिल्लो दुई वर्षदेखि थप व्यवस्थित र स्तरोन्नति गर्दै हस्पिटालिटी हबका रूपमा विकास गरिएको बताएका छन् । […]