दशैं,तिहारमा पनि वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकको शव नि:शुल्क ढुवानीको व्यवस्था
दशैं, तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा पनि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरको ठेगानासम्म नि:शुल्क ढुवानी हुने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वका समयमा समेत शव ढुवानी सेवा निरन्तरता दिन चौबिसै घण्टा सेवा सञ्चालन हुने गरी सम्पर्क कर्मचारी तथा शव ढुवानी सेवा प्रदायकहरू तोकेको छ । […]