विज्ञापन बोर्डमा व्यवसायीको नेतृत्व, नियामकीय निष्पक्षतामाथि प्रश्न !
विज्ञापन क्षेत्रको नियमन गर्ने नियामक निकाय विज्ञापन बोर्डको अध्यक्षमा विज्ञापन व्यवसायमै लामो समय संलग्न व्यक्ति नियुक्त भएपछि बोर्डको नियामकीय निष्पक्षता र स्वार्थको द्वन्द्व व्यवस्थापनबारे प्रश्न उठ्ने ठाउँ बनेको छ। सरकारले मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार सन्तोष श्रेष्ठलाई बढीमा चार वर्षका लागि विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गरेको हो। श्रेष्ठले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम […]