सुरुङमार्गमा स्टन्ट गर्ने २८४ चालक कारबाहीमा
नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्रगतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको हो। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी […]