लाखे नाचले इलामको पर्यटनमा सांस्कृतिक आकर्षण थप्दै
प्राकृतिक सौन्दर्यका लागि परिचित इलाममा परम्परागत लाखे नाच सुरु भएसँगै यहाँको सांस्कृतिक पर्यटनमा समेत आकर्षण थपिएको छ । राणाकालदेखि मनाइँदै आएको लाखे नाचलाई इलामको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा लिइँदै आएको छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने लाखे जात्रामा स्थानीय युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा सोमबारदेखि […]