राष्ट्रपति पौडेलद्धारा सेन्ट जेभियर्स स्कूलको ७५औँ वार्षिकोत्सव उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले सेन्ट जेभियर्स स्कुल, जावलाखेलको वार्षिकोत्सव समारोहको उद्घाटन गरेका छन् । सेन्ट जेभियर्स स्कुलले आज शनिबार ७५औँ वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति उपस्थित भएका हुन् । ‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र […]