स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण गति भएकाले रसुवागढी सडक जोडिदै
रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार पार्ने काम सुरु भएको छ। बाढीका कारण अवरुद्ध सडक खण्डमा यातायात सञ्चालन गर्ने उद्देश्यले सरकारले बेलिब्रिज निर्माणलाई तीव्रता दिएको हो। स्याफ्रुबेसीस्थित नदीको दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने तथा पुल जोड्ने क्षेत्रसम्म पहुँचमार्ग निर्माणको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्याफ्रुबेसीमा कुल ७६ […]