पाँच वटा गाडी फसे रोशी खोलाको बाढीमा
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-७ घुमाउनेमा रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसेका छन्। आज सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले जनाएको छ। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा २५ जना […]