दिपक विष्ट सहित सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी सम्मानित
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज यहाँ कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो। परिषद्ले सबैलाई जनही रु ७० हजारसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो। बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त […]