दशैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता
दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको छ । डिपोमा चामलको मौज्दात सकिएपछि दुर्गम क्षेत्रका स्थानीयले सहुलियत मूल्यको सरकारी चामल पाउनबाट वञ्चित हुने अवस्था बनेको हो । डिपोमा चामलसँगै कर्मचारीसमेत नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख केशव गिरीले जानकारी दिए । […]