प्रधानमन्त्रीको सम्बोधनले विश्वमञ्चमा जलवायु न्यायको मुद्दा जोडदार रुपमा उठ्यो : अध्यक्ष कार्की
जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै फाउन्डेसन’की अध्यक्ष प्रजिता कार्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले उठाउनु भएको मुद्दाप्रति सकारात्मक प्रतिक्रिया दिएकी छन् । प्रधानमन्त्री शाहको सम्बोधनबारे प्रतिक्रिया दिँदै अध्यक्ष कार्कीले जलवायु न्यायको दृष्टिकोणबाट भएको सम्बोधन महत्वपूर्ण रहेको बताइन् । ‘प्रधानमन्त्रीज्यूले हाम्रो पीडा, दुःख राम्रोसँग प्रस्तुत गर्नुभयो । ‘हिमालयन सुनामी’ भन्नुभयो, […]