नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार
काठमाडौं मेडिकल कलेज (केएमसी)ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएमको चिरफार नगरी न्यूरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरिएको छ । चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो। ६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन कलेजो रोगबाट पीडित थिए। एक दिन शौचालय जाने क्रममा […]