अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय हल र वुडफोर्डलाई
सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय प्राध्यापक रोबर्ट ई.हल र माइकल वुडफोर्डलाई प्रदान गरिएको छ। सन् १९४३ मा जन्मिएका ८३ वर्षीय प्रोफेसर हल अहिले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा प्राध्यापक छन्। यस्तै, सन् १९५५ मा जन्मिएका ७१ वर्षीय प्रोफेसर वुडफोर्ड अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक छन्। उनी आधुनिक न्यू केन्सियन म्याक्रोइकोनोमीका प्रमुख संस्थापकहरूमध्ये एक मानिन्छन्। […]